नेपाली र भारतीय पर्यटन व्यवसायीबीच पटनामा अन्तरकृया



त्यहाँस्थित पश्चिमाञ्चल होटल संघको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा गत असार १६ गतेबाट ‘चलिए पोखरा’ अभियान सुरु गरिएको थियो । औपचारिक रुपमा छवर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सम्पन्न हुने छ ।
‘बोर्डर टाउन सेल्स मिसन’ नाम दिइएको सो अभियानमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जना सहभागी छन् । आज उत्तर प्रदेशको लखनउमा भ्रमण टोलीले अन्तक्रिया गर्ने सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।
गोरखपुरमा अन्तिम कार्यक्रम आयोजना गरिने छ । विनाशकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको छ ।
पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय सहरमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्देश्य रहेको सङ्घका महासचिव गणेशराज पहारीले जानकारी दिनुभयो । पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाट कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना अभियानले समेटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार