जर्मनीले चुम्यो कन्फेडेरेसन कपको उपाधि

एजेन्सीः गएराती सम्पन्न फिफा कन्फेडेरेसन कपको फाइनल खेलमा चिलीलाई १–०ले पराजित गर्दै जर्मनीले उपाधि चुमेको छ । रसियामा जारी प्रतियोगिताको फाइनल खेलमा जर्मनीका लागि लार्स स्टीन्डलले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो ।

डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्तिमा टिमो वेर्नरले बल चोर्दै स्टीन्डललाई पास दिएका थिए । गोलरक्षक बिट भइसकेको अवस्थामा स्टीन्डलले खाली पोष्टमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

खेलमा दुवै टोलीले थुप्रै अवसरहरु सिर्जना गरेपनि त्यसको सदुपयोग भने हुन सकेको थिएन । दोश्रो हाफमा केहि रक्षात्मक देखिएको जर्मनीले काउन्टर अट्याकमा केहि राम्रो मौका पाएपनि थप गोल गर्न सकेनन् । केहि समय मैदानमा बादबिबाद चल्दा खेलमा रेफ्रीलाई हम्मे पारेको थियो ।

खेलको अन्तिम समयमा चिलीले सुनौलो अवसर खेर फालेपछि जर्मनीको युवा टोलीले जर्मन फुटबलको इतिहासकै पहिलोपटक कन्फेडेरेसन कपको उपाधि जित्न सफल रह्यो । यसअघि युरोपियन टोलीका रुपमा फ्रान्सले कन्फेडेरेसन कपको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार