बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन

काठमाडौंः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध संघर्ष गर्ने जनाएको छ ।

गत जेठ १५ मा शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भए पनि लागू नभएको भन्दै सो संगठनले कडा आन्दोलनको चेतावनी दिएको हो ।

सो संगनले त्यसरी शुल्क बढी लिने र फिर्तामा अटेरी गर्ने काठमाडौँ, भक्तपुर र ललितपुरका ३१ निजी विद्यालयको लेखा शाखामा तालाबन्दी जारी राखेको छ भने थप सङ्घर्ष सञ्चालन गर्ने जनाएको छ । सं्गठनका सचिव रामबहादुर विकले शिक्षामा माफियाकरणको अन्त्य नभएसम्म आन्दोलन गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार