मेस्सी २०२१सम्म बार्सिलोनामै रहने


एजेन्सीः बार्सिलोना र लियोनल मेस्सी नयाँ सम्झौताको टुंगोमा पुगेका छन् । नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा आबद्ध हुने छन् । हाल बिवाहका लागि अर्जे्न्टिनामा रहेका मेस्सी प्रि( सिजन सिरिजको अभ्यासका लागि फर्केपछि नयाँ सम्झौतामा हस्ताक्षर गर्ने क्लबको वेबसाइटमा बताईएको छ ।
नयाँ सम्झौताको बारेमा क्लबले बिज्ञप्ति निकाल्दै लेखेको छ,’ हामी संसारकै उत्कृष्ट खेलाडीसंगको नयाँ सम्झौतामा निकै खुशी छौ ।मेस्सिले बार्सालाई पहिले कुनै क्लबले हासिल गर्न नसकेको सफलतामा डोर्याएका छन् र मेस्सिको हामी प्रतिको लगाव देखेर दङ्ग भएका छौ।’
३० वर्षीय अर्जेन्टाइन स्ट्राइकर मेस्सीको बार्सिलोनासँगको पछिल्लो सम्झौता २०१८ को जुनमा समाप्त हुनेछ । मेस्सीको अन्त्य तिर नजिकिदै गरेको सम्झौताका कारण म्यानचेस्टर सिटी र पिएसजी जस्ता क्लब उनलाई भित्र्याउन इच्छुक देखिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार