नेपाल फिफा वरियतामा एक स्थान तल झर्यो


फिफा वरियतामा एक स्थान तल झरेको छ । नेपाल गत महिनाको तुलनामा एक स्थान तल झरेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको जुलाई महिनाको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । नेपालले अघिल्लो महिनाका दुई खेलमध्ये एउटामा बराबरी र अर्कोमा हार बेहोरेको थियो ।
जुन १३ मा हलचोकमा भएको एसियन कप छनोटमा यमनसँग गोलरहित बराबरी खेलेको नेपाल त्यसअघि जुन ६ मा भारतसँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको थियो । नेपाल गत महिना चार स्थान सुधार गर्दै १ सय ६९ औं स्थानमा उक्लेको नेपाल पछिल्ला दुई नतिजापछि एक स्थान तल झरेको हो ।
फिफाको वेभसाइटका अनुसार ९६ औंमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमा शीर्षस्थानमा यथावत छ । भारतले यसपटक अघिल्लो महिनाको चार स्थानले सुधार गरेको छ । १ सय ४२ फिफा वरियतामा रहेको माल्दिभ्स दक्षिण एसियाली राष्ट्रमध्ये दोस्रोमा छ । त्यस्तै भुटान १ सय ६४ औं तथा नेपाल भन्दा पछि बंगालादेश १ सय ९० औं, श्रीलंका १ सय ९७ औं र पाकिस्तान २ सयौं स्थानमा छ ।
दुई स्थान माथी चढ्दै कन्फेडेरेसन कप विजेता जर्मनी फिफा वरियताको शीर्षस्थानमा उक्लदा ब्राजिल दोस्रो स्थानमा झरेको छ । अर्जे्न्टिना तेस्रो, पोर्चुगल चौथो र स्विट्जरल्यान्ड पाँचौं स्थानमा छन् । पोल्यान्ड, चिली, कोलम्बिया, फ्रान्स र बेल्जियम क्रमश ः छैटौंदेखि दसौं स्थानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार