दक्षिण सिरिया युद्धविरामले शान्ति वार्तालाई थप टेवा पु¥याउने संयुक्त राष्ट्रसंघको भनाई


एजेन्सीः संयुक्त राष्ट्रसंघले संयुक्त राज्य अमेरिका र रसियाबीच सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा युद्धविराम गरेकोमा स्वागत गर्दै यसले सिरियामा विगत छ बर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसंघको पहलमा हुनगइरहेको शान्तिवार्तालाई सहयोग पु¥याएको बताएको छ ।
संयुक्त राष्ट्रसंघका सिरियाका लागि विशेष उप–प्रतिनिधि राम्जी राम्जीले एक दिन अघि जर्मनीको ह्यामवर्गमा गरिएको सम्झौताको शनिबार सार्वजनिक गर्नुहुँदै सिरिया द्वन्द्व समाधानका लागि शुक्रबारको सहमतिले एक कदम ठीक दिशातिर लगेको बताउनुभयो ।
उहाँले सिरियाका अन्य क्षेत्रपनि हिंसा कम गर्न यस्तै सम्झौता हुनेमा विश्वास गर्नुभयो । राष्ट्रसंघ प्रतिनिधि राम्जी संयुक्त राष्ट्रसंघका पहलमा जेनेभामा यही सोमबार हुने शान्ति वार्ताका लागि तयारी गर्न शनिबार दमास्कस पुग्नुभएको छ ।
युद्धविराम दमास्कसको समय अनुसार आइतबार मध्यान्नदेखि लागु हुने राष्ट्रसंघका अधिकारीले बताउनुभयो । सम्झौताले अमेरिका र रसियाबीचको नयाँ तहको सहकार्यलाई प्रतिविम्वित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार