हानद्वारा पर्यटन विकास सम्बन्धी श्वेत पत्र जारी

काठमाडौंः संघीय संरचनामा पर्यटकीय उद्योगको विकास सम्बन्धी राजधानीमा श्वेतपत्र जारी गरिएको छ । होटल एशोसिएसन नेपाल (हान) ले आफ्नो अर्धवार्षिक साधारसभाको अवसमा श्वेत पत्र जारी गरेको हो । श्वेतपत्रको विमोजन गर्नुहुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पर्यटनविना आर्थिक विकासको योजना कल्पना गर्न नसकिने बताउनुभयो ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई विश्वकै अकर्षक पर्यटकीय शहर बताउने लगायतका योजना रहेको बताउनुभयो । आनका अध्यक्ष अमरमान शाक्यले ब्यबसायीहरुले स्थानीय चुनावलाई सफल र राजनीतिक स्थायित्व र निकासको कडिका रुपमा लिएको उल्लेख गर्नुहुँदैं संघीय ढाँचामा पर्यटन पूर्वाधारको विकास गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सामलाला सुवेदीले आर्थिक विकासमा केन्द्रित हुन होटल व्यवसायीहरुलाई आग्ह गर्नुभयो ।

पर्यटक मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले पर्यटन विकासका लागि निजी क्षेत्रसंग सहकार्य गर्दै संघीय  ढाँचामा पर्यटनमैत्री नीति नियम परिमार्जन गर्न सरकार तत्पर रहेको बताउनुभयो । शनिबार आयोजित कार्यक्रममा हानका पूर्व उपाध्यक्ष योगेन्द्र शाक्यले पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार