मौद्रिक नीतिमा जलविद्युत, कृषि र पर्यटनलाई विशेष प्राथमिकता


काठमाडौः जलविद्युत् कृषि र पर्यटन लगायत निर्यातजन्य उद्योग, औषधि उत्पादन, सिमेन्ट र गार्मेन्ट क्षेत्रलाई मौद्रिक नीतिले विशेष प्राथमिकताका क्षेत्रमा राखेको छ ।
मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेका ती क्षेत्रलाई आज सार्वजनिक गरिएको नीतिले प्राथमिकता प्राप्त क्षेत्रका रुपमा परिभाषित गर्दै वित्तीय संस्थाले लगानीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको नीतिअनुसार वाणिज्य बैंकले कृषिमा १० प्रतशित, जलविद्युत्मा पाँच प्रतिशत, पर्यटन क्षेत्रमा पाँच प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा २०७५ साल असारसम्म अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, सरकारले आगामी आवका लागि प्रक्षेपण गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ । यस्तै, मूल्यवृद्धि नियन्त्रणका लागि आवश्यक सीमा तय गर्नेमा समेत जोड दिइएको छ ।
ब्याजदरलाई उपयुक्त स्तरमा कायम राख्न र आउने उतारचढावलाई न्यून गर्नेतर्फ नीति केन्द्रित रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार