मैत्रीपूर्ण खेलमा नेपाल विजयी


यु–२३ को मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) खेल मैदानमा आज भएको खेलमा नेपालले बंगलादेशको तेइस वर्षमुनिको टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
नेपालको जितमा विमल घर्तीमगर नायक बन्नुभयो । बिमलले खेलको पहिलो हाफको १९ औँ मिनेटमा अन्जन विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गर्नुभएको हो ।
संयुक्त अरब इमिरेट्स (युएइ) मा आगामी शनिबारदेखि हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले बंगदेशसँग मैत्रीपूर्ण खेल खेलको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार