प्रि–सिजनका लागि रियलको टोली घोषणा

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले प्रि(सिजनका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। प्रि(सिजनमा रियलले अमेरिकामा रहेर ४ खेल खेल्ने कार्यक्रम रहेको छ। रियलले प्रि सिजनमा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटि, बार्सिलोना र एमएलएस अल स्टार टोलीसँग खेल्ने कार्यक्रम रहेको छ ।
टोलीमा ४ गोलरक्षक, १० डिफेन्डर, ७ मिडफिल्डर र ५ फरवार्ड समावेश रहेका छन्। पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सहित स्पेन यू२१ राष्ट्रिय टोलीका मार्को एस्नेसियो र जेसस् भालेहो भने टोलीमा अटाएका छैनन्। कप्तान सर्जियो रामोस पनि छुट्टीमा रहेका छन्। यद्दपी रामोसले केहि दिनमै टोलीमा सामेल हुने बुझिएको छ ।
टोलीमा ग्यारेथ बेल, करिम बेन्जेमा, लुका मोड्रीच, मार्सेलो, टोनी क्रुस लगायतका खेलाडीहरु मंगलबार अमेरिका प्रस्थान गर्ने टोलीमा रहेका छन्। रियल म्याड्रिड कास्टिलाबाट खेल्दै आएका केहि खेलाडीलाई पनि यस भ्रमणमा सामेल गरिएको छ। म्याड्रिडले भर्खरै मात्र एटलेटिकोबाट भित्र्याएको डिफेन्डर थियो हर्नान्डेज पनि टोलीमा अटाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार