५० टन क्षमताको पुल निर्माणका लागी त्रिपक्षिय सम्झौंता ।

टुरिजमन्युज ३० असार । हिमाली तथा पर्यटकीय जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ स्थित सल्लेरी खोरिया सडक अन्तरगत पर्ने सोलुखोलामा पक्की पुल निर्माणका लागी विहिबार त्रिपक्षिय सम्झौंता गरिएको छ । जिल्ला समन्वय समितिको तर्फवाट स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा, सोलुदुधकुण्ड नगरपालिकाको तर्फवाट प्रमुख नाम्गेल जाङबु शेर्पा र अपर सोलु हाइड्रो पावर कम्पनीका तर्फवाट मारकण्डेय न्यौपानेले सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन् ।

कुल ५ करोड १ लाख ६३ हजार ८ सय २८ रुपैया २५ पैसाको लागतमा पुल  निर्माण गरिन लागेको हो । उक्त पुल निर्माणका लागी अपर सोलु हाईड्रोपावर कम्पनीले २ करोड ५२ लाख ३८ हजार ३ सय ८६ रुपैयाँ ५५ पैसा लगानी गर्ने छ भने जिल्ला समन्वय समिति सोलुखुम्बु र  सोलुदुधकुण्ड नगरपालिकाले क्रमश १ करोड ६९ लाख ५० हजार  र ७६ हजार ७५ लाख ४ सय ११ रुपैया ७५  लगानी गर्ने जिल्ला समन्वय समितीको कार्यालयले जनाएको छ ।

५० टन क्षमताको उक्त पुलको लम्बाई ३१.२ मिटर र चौडाई ५ मिटर रहने सम्झौंतापत्रमा उल्लेख गरिएको छ । सम्झौता अनुसार पुल आगामी आर्थिक बर्षको मंसिरसम्ममा निर्माण सम्पन्न भईसक्ने पनि जिल्ला समन्वय समितीको कार्यालयले जनाएको छ ।

यसअघि नै साल्मे खोलामा पक्की पुल निर्माण भई सञ्चालनमा रहेको छ भने बोल्दोखोलामा पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार