मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य शुरु ।

टुरिजमन्युज १ साउन । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुमा पहिलो दिन करिव ५० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य शुरु भएकै दिन आज ४६ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो ।

आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका ५ जना व्यक्तिले पनि गल्ती सच्याएका छन् । जिल्लाका दुधकौशिका, लिखुपिके, खुम्बुपासाङल्हमु र दुधकोशी गाउपालिकाका स्थानियले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ ।
यसअघि जहाँ सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यबस्था भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै आलोचना भएको छ । राजनीतिक दलहरूले १५ दिनको अवधि बढाएर १ महिना गर्न र बसेकै स्थानबाट दर्ता गर्न सकिने व्यवस्था गर्न माग गरेका छन् । तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार