ठमेलमा आधुनिक रेष्टुराँको शुभारम्भ।

टुरिजमन्युज २ साउन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र राजधानीको ठमेलमा ओजी लाउन्ज नामको आधुनिक रेष्टुराँ एण्ड डिस्को सञ्चालनमा आएको छ ।

साउन १ गते साँझ रेष्टुराँको शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रियस्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टुराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्रर्धन गरी युवावर्गलाई रोजगारी दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

रेष्टुराँका सञ्चालक दिनेश श्रेष्ठले पारिवारिक वातावरणमा स्वच्छ मनोरञ्जन र स्वादिलो खानाको सुविधाका लागि रेष्टुराँले सेवा दिने बताउनुभयो । ७० जना ग्राहकको क्षमता रहेको सो रेष्टुराँमा गीत–सङ्गीत, दुई तलामा लाइभ वार, स्पोर्ट वार, विभिन्न परिकारका खानाको सुविधा रहेको र मध्यमवर्गले समेत सुविधा लिन सक्ने मूल्य राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार