फ्याफुल्ला फुटसल कप च्यानपीयनसीप प्रतियोगिताको उपाधि फेण्डसीप युथ क्लवलाई ।

टुरिजमन्युज २ साउन । फ्याफुल्ला तामाङ सेवा समाज लुक्लाको आयोजनामा भएको प्रथम फ्याफुल्ला फुटसल कप च्यानपीयनसीप प्रतियोगिताको उपाधि फेण्डसीप युथ क्लव लुक्लाको टिम ए ले जितेको छ । साउने सङक्रान्तिको अबसरमा आयोजना गरिएको सो प्रतियोगितामा संस्थाकै टिम बि उप विजेता बनेका छन ।

खुम्बु पासाङ ल्हमु गाउपालिका अन्तरगतका ८ टिमको सहभागीता रहेको सो प्रतियोगितामा विजेताले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपविजेताले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका संस्थाका अध्यक्ष लाखविर तामाङले बताउनुभयो ।

प्रतियोगितामा वेष्ट प्लेयर नौलेख युवा क्लव पैयाका नाम्गेल शेर्पा भए भने बेष्ट किपरको उपाधि इको क्लव लुक्ला आधारभुत विद्यालयका  फुर्वा तामाङले जिते । यस्तै सर्वाधिक गोलकर्ताको उपाधि फ्रेण्डसीप युथ क्लवका सन्तोष तामाङले हात पारे ।

नाम्चे युवा क्लवले भने अनुशासित टिमको उपाधि जितेका छन । उत्कृष्ट सवैलाई ट्रफी र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार