अब मतदाता नामवली संकलन स्थानीय तहको केन्द्रबाटै हुने ।

टुरिजमन्युज ३ साउन । निर्वाचन आयोगले मतदाता नामवली संकलनको म्याद थप्ने निर्णय गरेको छ । आयोगले साउन मसान्तसम्म नामवली संकलन गर्ने निर्णय गरेको हो । यसअघि १ साउनदेखि १५ गतेसम्म  नामवली संकलन गर्ने निर्णय भएको भए पनि मतदाता संकलनका लागि अब १५ दिन म्याद थप भएको छ । मतदाता नामावली संकलन समेत स्थानीय तहको केन्द्रबाटै गरिने भएको छ ।

सम्बन्धित जिल्लाबाट मात्रै मतदाता नामवली संकलन गर्ने भनिएता पनि आयोगले सम्बन्धित स्थानीय तहको केन्द्रबाटै नामवली संकलन गर्ने निर्णय गरेको हो । मतदाता नामवली भराउनका लागि जिल्ला नै पुग्नुपर्ने बाध्यता हटेको छ ।

यसैबीच हिमाली जिल्ला सोलुखुम्बुका नागरिकहरु भने आयोगको यो निर्णयसगै हर्षित बनेका छन । दुरिका हिसावले निकै टाढा सोलुखुम्बुका नाम्चे, खुम्जुङ, चौरीखर्क, गोली, चौलाखर्क, भकाञ्जे, बुङ, छेस्काम, गुदेल लगायतका डेढ दर्जन गाविसका नागरिकहरुले आयोगको निर्णयको स्वागत गरेका छन् । उनीहरुलाई निर्वाचन अधिकृतको कार्यालयमा नै आएर नाम दर्ता गराउन कम्तीमा पनि एक साता लाग्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार