पल्सर स्पोर्टस अवार्ड भदौमा

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने यस वर्षको पल्सर स्पोर्टस अवार्ड–२०७३ आगामी भदौ महिनामा हुने भएको छ । मञ्चको बाइसौँ वार्षिकत्सवको अवसर पारेर भदौ २६ गते अवार्ड कार्यक्रम गरिने मञ्चका अध्यक्ष महेश आर्चायले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।
विगतका वर्षमा झैं यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा अवार्ड प्रदान गरिने जानकारी आयोजकले दिएको छ । पहिलोपटक चार विधाका विजेताले बजाज कम्पनीको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।
यसअघि उत्कृष्ट पुरुष र महिला खेलाडी र पिपल्स च्वाइस अवार्ड विजेताले मोटरसाइकल पाउँदै आएका थिए । यो वर्ष अर्को एक विधाका विजेतालाई पनि मोटरसाइकल दिइने र त्यसका विषयमा पछि जानकारी गराइने मञ्चका अध्यक्ष आचार्यले बताउनुभयो । अन्य चार विधाका विजेताले अवार्डका साथै रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार