संरक्षण र विकासमा टेवा पुर्याएका ७ जना सम्मानित ।

टुरिजमन्युज ४ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जको ४१ औं स्थापना दिवसको अबसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको छ । सगरमाथा क्षेत्रको विकास र संरक्षणमा टेवा पुर्याएको भन्दै ७ जना व्यक्तिलाई विशेष सम्मान गरिएको हो । याक विकास फाम स्याङबोचेका प्राविधिक सहायक ललन यादव सर्वाधिक नगद सहित सम्मानित हुनुभएको छ । विगत १८ बर्षदेखि निरन्तर खुम्बु क्षेत्रमा रही सेवा गरेको भन्दै बहालाई नगद ५० हजार सहित विशेष सम्मान गरिएको हो ।

यस्तै दुधकुण्ड मध्यवर्ती क्षेत्र उपभोत्ता समितीका कोषाध्यक्ष नुर्वु शेर्पा र खुम्बिला मध्यवर्ती क्षेत्र उपभोत्ता समितीका कोषाध्यक्ष ल्हाक्पा शेर्पा नगद २५ हजारका साथमा सम्मानित हुनुभएको छ । दुवै जनाई संस्थामा रही संरक्षण क्षेत्रमा योगदान दिएको भन्दै सम्मानित गरिएको राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै जनसेवा आधारभुत विद्यालयका प्रधानाध्यापक चित्र कुमार बस्नेत र खुम्जुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भु बास्तोला नगद २५ हजार सहित सम्मानित हुनुभएको छ ।

यस्तै राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपाने र लेखापाल चोलाराज आचार्यलाई समेत कामको उच्च मुल्याकंन गर्दै सम्मान गरिएको छ भने संरक्षणमा विशेष भुमिका निर्वाह गरेको भन्दै बराह दल गुल्म नाम्चेलाई समेत प्रंससापत्र प्रदान गरिएको निकुञ्जको कार्यालयले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हरेक बर्ष स्थापना दिवसको अबसर पारि सम्मान कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार