रियलमा रोड्रीग्वेजको ‘१०’ नम्बर जर्सी अर्का स्टारले लिए


एजेन्सीः रियल म्याड्रिडले बायर्नमा २ वर्षे लोनमा पठाएको कोलम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको ‘१०’ अंकित जर्सी अर्का मिडफिल्डरलाई दिएको छ ।
रोड्रीग्वेजको जर्मन क्लब बायर्न म्युनिखसँग दुई वर्षे लोन सम्झौतापछि रियलमा उनको जर्सी लुका मोड्रिचले लगाउने भएका छन्। राष्ट्रिय टोलीमा क्रोसियासँग १० अंकित जर्सी लगाउने मोड्रिच यसअघि रियलमा १९ नम्बरको जर्सी लगाउथे। आर्सनल जानु अघि मेसुट ओजिलले लगाउने नम्बर २०१४ मा रोड्रीग्वेजले पाएका थिए ।
रियल बेटिसबाट म्याड्रिड आएका २० वर्षिय मिडफिल्डर ड्यानियल सेबालोसलाई क्लबले २४ अंकित जर्सी दिएको छ। यसैगरी पेपेले लगाउँदै आएको ३ नम्बर जर्सी डिफेन्डर भालेहोले पाएका छन् ।
रियल म्याड्रिडमा पर्याप्त खेल समय नपाएपछि रोड्रीग्वेज उनको पुर्व प्रशिक्षक कार्लो एन्सेलोटीले सम्हालेको बायर्न पुगेका हुन्। उनलाई २०१४ मा एन्सेलोटीले मोनाकोबाट रियलमा ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार