सोलुखुम्बुका सबै स्थानीय तहमा पहिलो किस्ताको बजेट निकासा


सोलुखुम्बुको सबै तहमा पहिलो किस्ताको बजेट निकासा भएको छ । एक नगरपालिका तथा सात गाउँपालिकामा पहिलो किस्ताको बजेट निकासा भएको हो । स्थानीय तहमा समानीकरण तथा चालुतर्फको बजेट निकासा गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका अनुसार सोलुदूधकुण्ड नगरपालिकामा पहिलो किस्ताको रकम ११ करोड ५५ लाख ७० हजार र खुम्बुपासाङल्हमु गाउँपालिकामा पाँच करोड ६६ लाख २० हजार निकासा भएको गरिएकोछ ।

दूधकौशिका गाउँपालिकामा नौ करोड ४० लाख १० हजार, दूधकोशी गाउँपालिकामा रु सात करोड पाँच लाख ४० हजार, नेचासल्यान गाउँपालिकामा आठ करोड १८ लाख २६ हजार, सोताङ गाउँपालिकामा पाँच करोड २९ लाख १९ हजार, महाकुलुङ गाउँपालिकामा ६ करोड ४७ लाख नौ हजार र लिखुपिके गाउँपालिकामा चार करोड ७३ लाख ४६ हजार बजेट निकासा भएको छ ।

यस वर्ष जिल्लाका स्थानीय तहमा कुल पाँच अर्ब ८३ करोड पाँच लाख ३९ हजार बजेट विनियोजन भएको हो । बजेटको अख्तियारी पठाइएको भए पनि खर्च गर्नका लागि स्थानीय तहले नीति तथा कार्यक्रम पारित गर्नाका साथै विशेष परिषद्समेत गर्नुपर्ने हुन्छ ।

हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले स्थानीय तह सञ्चालन कार्यविधि पारित गरेका छैनन् भने त्यसपछि हुने नीति तथा कार्यक्रमको विषयमा छलफलसमेत शुरु भएका छैनन् । यसले गर्दा बजेट कार्यान्वयनमा भने अझै केही समय लाग्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार