विवाहको ६ वर्षपछि रोड्रिग्वेज एक्लिदै


एजेन्सीः विवाहको ६ वर्ष पछि कोलम्बियाका स्टार फुटबलर हामेज रोड्रिग्वेज र उनको पत्नी ड्यानिएला ओस्पिना छुट्टिने पक्का भएको छ । ड्यानीएला कोलम्बियाको राष्ट्रिय फुटबल टोली एवं आर्सनलका गोलकिपर डेबिड ओस्पिनाकि साख्य बहिनी हुन् ।
ओस्पिना र रोड्रिग्वेज बीचको सम्बन्ध बारे बिगत केहि महिना देखि विभिन्न हल्ला चलेपनि ओस्पिनाको म्यानेजर टाटीयाना जुलुगाले बायर्न म्युनिखका मिडफिल्डर रोड्रिग्वेज र ओस्पिनाले आपसी समझदारीमा छुट्टिने निर्णय गरेको बताएकी छिन् ।
सामाजिक सञ्जालमा टाटीयानाले ओस्पिना र रोड्रिग्वेज ६ वर्ष भन्दा लामो समयपछि छुट्टिने बयान दिएकी छिन । ‘रोड्रीग्वेज र ओस्पिना आपसी समझदारीमा छुट्टिन लागेका हुन्। सालोम रोड्रिग्वेज ओस्पिनाको (यी दुइको बच्चा) भविष्यलाई ध्यानमा राख्दै उनीहरुले आफुबीचको माया सदभाव कायम राख्ने छन् ।’
ओस्पिना आफुपनि भलिबल खेलाडी हुन् । आफुलाई कोलम्बियामा मोडल र खेलाडीको रुपमा स्थापित गर्दै आएकी ओस्पिना र रोड्रिग्वेजबीच दुरी बढ्दै गएपछि उनीहरुले छुट्टिने निर्णय गरेको अनुमान छ ।रोड्रिग्वेज १९ र ओस्पिन १८ वर्ष हुदा उनीहरु विवाह बन्धनमा बाधिएका थिए। यसअघि रोड्रीग्वेजले म्याड्रिड छाडेपछि ड्यानीएलालाई म्युनिखमा आउन आग्रह गरेपनि उनले नमानेपछि सम्बन्ध थप चिसिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार