पर्यटन क्षेत्रको विकासका लागि पाँचपोखरी पदमार्ग दौड प्रतियोगिता


विश्वकै नवौँ उच्च स्थानमा पर्ने सिमसार कुण्ड पाँचपाखरीमा पदमार्ग दौड प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अवस्थित पाँचपोखरीलाई पर्यटन क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले पाँचपोखरी पदमार्ग २०१७ को आयोजना गर्न लागिएको हो । विश्व समावेशी संस्थाका अध्यक्ष एवं सगरमाथा आरोही माया गुरुङले काठमाडौँमा आयोजित कार्यक्रममा उक्त कुराको जानकारी दिनुभएको हो ।
समुद्री सतहबाट चार हजार ६० मिटर उचाइमा रहेको धार्मिक पर्यटकीय महत्वको पाँचपोखरीको एकै स्थानमा सूर्यकुण्ड, भैरवकुण्ड, गणेशकुण्ड, नागकुण्ड र सरस्वतीकुण्ड रहेकाले उक्त स्थानलाई पाँचपोखरी भनिएको हो । विसं २०७४ साउन २३ गते हुने प्रतियोगितामा जो कोही सहभागी हुन सक्नेछन् ।
प्रतियोगिताका विजयी महिला तथा पुरुष दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः रु २५ हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजारका नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सयभन्दा बढीले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार