नाराको निर्वाचन भदौमा को–को छन् नेतृत्वका आकांक्षी


नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्टस (नारा)को २९ औं वार्षिक साधारणसभा तथा नयाँ नेतृत्वका लागि भदौ १६ गते निर्वाचनको मिति तय भएको छ ।
निर्वाचनको मिति तय भएसंगै नेतृत्वका लागि वर्तमान नाराका उपाध्यक्ष अर्जुन दाहाल, पूर्व महासचिवद्वय मेघ आले र गंगा तथा नेपाल पोखरा च्याप्टरका अध्यक्ष मिनबहादुर मगर पनि अध्यक्ष पदका आकांक्षी देखिएका छन् । महासचिव पदका लागि हालका सचिव शिव अधिकारीमात्र आकांक्षी देखिएका छन् ।
वर्तमान नाराका अध्यक्ष चन्द्र दाहालले अबको नयाँ नेतृत्वमा नयाँ पुस्ता आउनुपर्ने बताउनुभयो । यहि साउन १७ मा गर्ने भनिएको निर्वाचन आन्तरिक तयारी नपुगेको भन्दै नारा कार्यसमिति बैठकले भदौ १६ गतेका लागि तय गरेको हो । सचिवालयका अनुसार संस्थाले निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारीलाई तीव्रता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार