चुनावमा होमिए पर्यटन व्ययसायी, को–को छन् नेतृत्वका प्रत्यासी


काठमाडौंः नेपाल पर्वतारोहण संघ (एनएमए)मा चुनावी चटारो बढ्नुका साथै पर्यटन व्ययसायीहरु चुनावमा होमिएका छन् । सहमतीको लामो प्रयास असफल भएपछि पर्यटन व्यवसायीहरु चुनावमा ओमिएका हुन् । दुइवटा प्यानलबीच निवाृचन हुने पक्का भएसंगै सोमबार (आज) पत्रकार सम्मेलन गर्दै जीबा जाङ्बु शेर्पा नेतृत्वको प्यानलको आधिकारिक घोषणा गरिएको छ । शेर्पाको नेतृत्वमा कांग्रेस निकट पर्यटन व्यवसायी संघ, एमाले र माओवादीका असन्तुष्ट पक्ष, नयाँ शक्ति तथा शेर्पा पर्यटन व्यवसायीको प्यानल रहेको छ । उक्त प्यानलमा प्रथम उपाध्यक्षमा भुमी लामा, द्वितीय उपाध्यक्षमा निमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा छेवाङ शेर्पा तथा काषाध्यक्षमा बिमल नहर्की उम्मेदवारको तय गरिएको  प्यानलका महासचिवका उम्मेदवार कुलबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अर्कातिर एमाले र माओवादी निकट पर्यटन व्यवसायी संगठनबीच तालमेल भएको घोषणा शनिबार साँझ नै भएको थियो । उक्त दुई संगठनबीचको सम्झौता अनुरुप सन्तवीर लामाको नेतृत्वमा निर्वाचनमा जाने भएको हो । जस्मा प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह, महासचिवमा बोधराज भण्डारी, सचिवमा टिका गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपानेलाई उम्मेदवारी बनाउने निर्णय भएको छ ।
सहमतीय नेतृत्वका लागि पटकपटक प्रयास भएपनि सहमति हुन नसकेपछि पर्यटन व्यवसायीहरु निर्वाचनमा होमिएका हुन् । निर्वाचनसंगै आआफ्नो पकडमा जीत हासिल गर्न दुवै पक्षले तिब्र प्रचारप्रसार  समेत शुरु गरेको छ ।
लगभग १५ सय साधारण सदस्य रहेको एनएमएमा एक हजार ३९ जना भोर्टस रहेका छन् । साउन २१ गते हुने निर्वाचनलाई मितब्ययी र कम खर्चिलो बनाउन सक्दो प्रयास गरिने उम्मेदवारहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार