गाउँ पर्यटनमा भिटोफको महत्वपूर्ण योगदानः उपराष्ट्रपति पुन


काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुनले ग्रामीण पर्यटन प्रवद्र्धनमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । भिटोफको २१ औँ वार्षिक साधारणसभाका अवसरमा उपराष्ट्रपति पुनले भिटोफ नेपालले हरेक वर्ष तीनवटा नयाँ गन्तव्यलाई गाउँ पर्यटन वर्षका रुपमा घोषणा गरेकोमा खुशी व्यक्त गर्नुभयो । “जनयुद्ध सुरु भएका ठाउँ, ऐतिहासिक भिडन्त भएका ठाउँ तथा जनयुद्धका नेतृत्वकर्ताको पुराना निवास वा सोसँग सम्बन्धित ठाउँलाई युद्ध पर्यटनको नयाँ कार्यक्रम बनाई बजारसम्म लैजान आवश्यक छ,” उहाँले भन्नुभयो ।
सो अवसरमा पूर्वपर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले नेपालमा माउन्टेन एयरपोर्ट निर्माण गर्नुपर्ने बताउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न र स्थानीयको जीवनस्तर उकास्नसमेत यसले सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा, नेकपा (एमाले)का नेता सूर्य थापा, नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्र सापकोटा, टे«किङ एजेन्सिज् एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्य, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पालगायतले गाउँ पर्यटन प्रवद्र्धनमा भिटोफ नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी क्रियाशील भएर काम गर्न भिटोफलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा घरबास (होमस्टे) को सम्पूर्ण विवरण समेटिएको डाइरेक्टरीको लोकार्पण गरिएको थियो । कार्यक्रममा लामो समयदेखि पर्यटन क्षेत्रमा कलम चलाउँदै आउनुभएका युवा पत्रकार शिव श्रेष्ठ, वासु श्रेष्ठ र प्रकाश खालिङलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार