धार्मिक पर्यटनको दर्विलो खम्वा : दुधकुण्ड ।

फोटो फिचर

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा रहेको दुधकुण्ड धार्मिक पर्यटनको दर्विलो खम्वा हो । सदरमुकाम सल्लेरीबाट ३० कोस टाढा रहेको दुधकुण्डलाई यहाका स्थानियबासी शेर्पा समुदायले खुम्विला भगवानको रुपमा पुज्ने गर्छन भने अन्य समुदायले पुर्विय दर्शनको आस्थाका धरोहरका रुपमा लिने गरेका छन् । यस कुण्ड समुन्द्री सतहदेखि करिव ४ हजार ६ सय मिटरको उचाईमा रहेको छ ।

हिन्दु शास्त्र अनुसार दुधकुण्ड, गोसाईकुण्ड, दामोदर कुण्ड र उमा कुण्ड गरी यी चार कुण्डहरुमध्ये दुधकुण्डलाई पवित्र कुण्डको रुपमा लिने गरिन्छ ।

भुगोलको हिसावले निकै कठिन भएता पनि उच्च ठाउँको कठ्याङ्ग्रिदो जाडोको कुनै पर्वाह नगरी प्राकृतिक सौन्दर्यमा रम्न समयानुकल मिलाएर नेपाल सहित भारतीय नागरिकहरु समेत आउने गरेका छन् ।

जनैपुर्णिमाका बेला यहा भव्य मेला लाग्ने गर्दछ । कुण्डको दर्शन गर्न जतिसुकै समस्या आएपनि सहजै स्वीकार गर्दै भक्तालुहरु त्यहा पुग्ने गरेका छन् । विशेषत: उचाईका कारण लेक लाग्ने गर्दछ । व्यबस्थित खाना र बासका लागी समस्या छ । त्यसैले भक्तालु संयमले खाना तथा बासका लागी आबश्यक सामाग्रीहरु लिएर जाने गरेका छन् ।

बाटाहरु साँधुरो छन् भने ठाँउ ठाउमा पुल पुलेसाहरु समेत नहुदा आवतजावतमा समस्या रहेको छ । प्रभावकारी सञ्चार सुविधा छैन, जथाभावी दिशापिसाव गर्ने गरिएको छ । अधिकाशं समय जंगलैजंगल हिड्न पर्ने भएर जनैपुर्णिमा बाहेक अन्य समयमा एकाध मानिसहरु मात्र त्यहा पुग्ने गरेका छन् ।

केही सघंसस्थाको सहयोगमा पक्की पुल निर्माण गरिएको भए पनि सरकारी तवरबाट कुनै सहयोग नभएको संरक्षणकर्ताहरु गुनासो गर्छन ।

हाल दुधकुण्ड सामुदायिक बनले उक्त कुण्डको संरक्षण र व्यबस्थापन गरिरहेको छ । सदरमुकाम सल्लेरीबाट ३ देखि ५ दिनको समय मिलाएर त्यहा जान सकिन्छ ।

पर्यटकको चाप बाक्लिदै गएकाले ठाँउ ठाँउमा पाटी पौवा निर्माण गरिनुपर्ने, व्यवस्थित रुट तय गरिनुपर्ने, स्थायी प्रकृतिका होटल तथा लजहरु सञ्चालन गरिनुपर्ने, ठाँउ ठाउँमा सुविधासम्पन्न क्याम्पिङ स्थलहरु बनाउन सकिएमा स्वदेशी तथा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने कुरामा दुई मत छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार