कस्ले मार्ला बाजी? सन्दर्भ एनएमए निर्वाचन


देशको पर्यटन क्षेत्रकै छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनको चहलपहलले यतिबेला पर्यटन व्यवसायीहरुमा निक्कै सरगर्मी बढेको छ । यतिबेला विभिन्न पदका प्रत्यासी पर्यटन व्यवसायी अन्तिम चुनावी प्रचारप्रसारमा जुटेका छन् । चुनावको मिति नजिकिएसंगै पर्यटन व्यवसायीहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका हुन् । अध्यक्षसहित विभिन्न पदका प्रत्यासीहरुको अन्तिम नामावली प्रकाशित भइसकेको छ ।
विहिबार (आज) राती १२ बजेबाट मौन अवधि शुरु हुने भएपछि दुवै प्यानल अन्तिम प्रचारप्रसारमा ब्यस्त देखिन्छन् ।
देशभरबाट एक हजार ३९ सदस्यमा मताधिकार रहेको एनएमए निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा ओर्लिएका छन् । जसमध्ये ३५९ शेर्पा मतदाता, १२३ तामाङ मतदाता, बाहुनक्षेत्री ३६६, गुरुङ ६५, भोटे १६ तथा अन्य २१ मतदाता रहेका छन् । कुल मतदातामध्ये आठसय बढी मत खस्ने अनुमान गरिएको छ । नेतृत्वमा बाजी मार्ने समूहले साढे चार सयको  हाराहारीमा मत ल्याउँदा  जित निश्चित हुने पर्यटन व्यवसायहिरुको अनुमान छ ।
नेतृत्वमा बाजी मार्न जीबा जाङ्बु शेर्पा नेतृत्वको प्यानलमा कांग्रेस निकट पर्यटन व्यवसायी संघ, एमाले र माओवादीका असन्तुष्ट पक्ष, नयाँ शक्ति तथा शेर्पा पर्यटन व्यवसायीको प्यानल रहेको छ । शेर्पा समूहको प्यानलमा प्रथम उपाध्यक्षमा भुमी लामा, द्वितीय उपाध्यक्षमा निमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पि छेवाङ शेर्पा तथा काषाध्यक्षमा बिमलकुमार नहर्की उम्मेदवार रहेका छन् । सदस्यहरुमा आङ छेवाङ शेर्पा, डाक्टर हरीप्रसाद श्रेष्ठ, देभीप्रसाद पन्त, दा गेल्जे शेर्पा, दुर्गानाथ न्यौपाने, ल्हाक्पा तेन्जी शेर्पा, मुकुन्द पोखरेल, पेम्बा दोर्जे शेर्पा र तुल्सी गुरुङ रहेका छन् ।
जीवाजाङ्बु शेर्पा नेतृत्वको समूहले एनएमएको नयाँ नेतृत्वमा सबैलाई समेटेर समावेशी नेतृत्वको प्यानल बनाएको अध्यक्षका उम्मेदवा जीवाजाङ्बु शेर्पा बताउनुभयो । ‘हाम्रो टिम सक्षम, अनुभवी र एनएमएलाई हाक्न सक्ने भएकाले हाम्रो जीत सुनिश्चित छ ।’ अध्यक्षका प्रत्यासी शेर्पाले भन्नुभयो । शेर्पा नेतृत्वको प्यानलले नेपाल सरकारसंग मिलेर वातावरण संरक्षण गर्ने, हिमाल सरसफाई गर्ने, हिमालमा पदमार्ग निर्माण, माउन्टेनियरिङ एक्सिपिडिसका लागि गाईडहरुलाई विभिन्न स्तरको तालीम दिलाउने लागयतका आफ्ना कार्ययोजना (प्रतिवद्धता)हरु अघि सारेका छन् ।
अर्कातिर एमाले र माओवादी निकट पर्यटन व्यवसायीहरुको प्यानलले सन्तवीर लामाको नेतृत्वमा उम्मेदवारहरु घोषणा गरेको हो । जस्मा प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्ष माया शेर्पा, महाचिवमा बोधराज अधिकारी, सचिवमा टिकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपानेको उम्मेदवारी रहेको छ । यसैगरी सदस्यहरुमा सुमनप्रसाद न्यौपाने, विनय शाक्य, ठाकुरप्रसाद सापकोटा, सन्जीव गुरुङ, सिंगी लामा, उर्गादेवी श्रेष्ठ, मिङमार शेर्पा र पासाङ टेन्डी शेर्पाको उम्मेदवारी रहेको छ ।
लामा समूह पनि यतिबेला अन्तिम प्रचारप्रसारमा निक्कै ब्यस्त रहेको सचिवका प्रत्यासी टिकाराम गुरुङले बताउनुभयो । लामा समूहले पर्यटन प्रवर्धनका लागि आफ्ना कार्ययोजनामा पर्यटन क्षेत्रलाई संघीय संरचनामा लैजाने,  पर्यटन प्रवर्धनमा संलग्न मजदुरहरुको हितमा सामाजिक सुरक्षा, रोजगारी, राज्यको तर्फबाट पाउने सेवा सुविधा दिलाउने, हिमाल नीतिलाई अघि बढाउने लगायतका आफ्ना १६ वटा योजनाहरु अघि सारेको छ ।
अन्तिम प्रचारप्रसारमा रहेका दुवै प्यानलले साउन २१ गते शनिवार हुने चुनावी नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन् । एनएमएमा लगभग १५ सय साधारण सदस्य रहेका छन् ।
२०३० मा स्थापना भएको नेपाल पर्वतारोहण संघ (एनएमए)ले पर्यटन ऐन, २०३५ को दफा ३७(२) बमोजिम सरकारले अधिकार दिएसँगै २०३५ सालदेखि २७ साना हिमाल आरोहणबाट प्राप्त शुल्क (रोयल्टी) संकलन गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार