जनप्रतिनिधीलाई वधाई ज्ञापन ।

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिती सोलुखुम्बुले एक कार्यक्रमको आयोजना गरि निर्वाचित जनप्रतिनिधीहरुलाई वधाई ज्ञापन गरेको छ ।

हालै सम्पन स्थानिय तहको निर्वाचनमा नगरपालिका, गाउपालिका तथा वडाहरुमा निर्वाचित भएका तामाङ समुदायका जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन गरेको हो । तामाङ समुदायबाट बडा अध्यक्ष, सदस्य र महिला सदस्य पदमा गरी १९ विजयी भएका छन् ।

यस्तै सोही कार्यक्रममा २०७३ सालको एसईईसी परिक्षामा तामाङ समुदायबाट उत्कृष्ट अकं प्राप्त गरी उतिर्ण भएका छात्रछात्रालाई नगद सहित सम्मान गरिएको छ । छात्र तर्फ खुम्जुङ मावि खुम्जुङका वीरध्वज तामाङ र छात्रातर्फ महेन्द्रदय मावि सल्यानका पुनम तामाङलाई नगद ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रम नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार