शरणार्थी परिचयपत्र नविकरण गराउने क्रम घढ्दै ।

सोलुखुम्बुमा शरणार्थी परिचयपत्र नविकरण गराउने क्रम बर्षेणी घढ्दै गएको पाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको नाम्चे, जुनवेशी र च्याल्सा क्षेत्रमा रहेमा तिव्वतीय शरणार्थीहरु मध्ये कमैले मात्र आफ्ना परिचयपत्र नविबरण गराउने गरेका छन् । हरेक बर्षको चैत्र मसान्तसम्म परिचयपत्र नविकरण गराउनुपर्ने व्यबस्था भए पनि त्यो हुन नसकेको कार्यालयको भनाई छ ।

काम विशेषले अन्यत्र गएका तथा केहीको मृत्यु र स्थानिय स्तरमा नै बैबाहिक सम्बन्ध गासेका कारण पनि यो संख्या घटेको हुन सक्ने कार्यालयको आकंलन छ । जिल्लाको जुनवेशी स्थित थुप्तेन छोलिङ गुम्बामा २ सय ६६ जना, नाम्चेमा ६८ जना र साविकको सल्लेरी ८ च्याल्सामा ४३ जना शरणार्थीहरु रहेको तथ्यांक छ । सरकारले ०५६/५७ देखि परिचयपत्र वितरण कार्य समेत रोकेको छ । उनीहरुले आवतजावतमा सहजताका लागि परिचयपत्र प्रयोग गर्ने गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार