पर्वतारोहण संघको मतगणना सुरु, राती १ बजे सम्ममा मतपरिणाम आउने संभावना


काठमाडौः नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि आज शनिबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सकिएको केहि समयपछि मत गणना सुरु भएको हो । निर्वाचनको मत परिणाम राती एक बजेसम्ममा आइसक्ने अनुमान गरीएको एनएमएका पदाधिकारीहरुले बताएका छन् ।
बिहान ८ः२० देखि अपरान्ह ४ः२० सम्म मतदान भएको थियो । मतदानमा ७३ प्रतिशत मत खसेको संस्थाले जनाएको छ । एक हजार ३९ मताधिकार रहेका मतदातामध्ये जम्मा ७६० मत खसेको छ ।

निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित हुनेछन् । तीनवर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य मनोनित हुनेछन् ।
त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ । निर्वाचनमा जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामाको समूह प्यानलसहित प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार