बफदारीपुर्वक जिम्मेवारी निभाउन एआईजी लामालाई तामाङ समुदायको अनुरोध ।

सोलुखुम्बुका तामाङ समुदायले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मिङमार लामालाई नेपाल प्रहरीको उच्च पदमा बढुवा भएको भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिती सोलुखुम्बुले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै घेदुङका केन्द्रिय अध्यक्ष लगायत जिल्ला कमिटीका सदस्यहरुले कार्यकाल सफलताको शुभकामना दिएका हुन ।

तामाङ समुदायको नाम उचो राख्न सफल भएको भन्दै बफदारीपुर्वक जिम्मेबारी निभाउन समेत अनुरोध गरेका छन् । कार्यक्रममा प्राय सवैले बहाको मुक्तकण्ठले प्रसंशा गरेका थिए । सोलुखुम्बुको मुक्ली स्थायी घर भई हाल बहा काठमाण्डौंमा बस्दै आउनुभएको छ ।

यस्तै गोले बंश उत्थान समाज काठमाण्डौंले समेत विशेष कार्यक्रम आयोजना गरी (एआईजी) लामालाई बधाई तथा शुभकामना दिएका छन् । नातेदार तथा आफन्तहरुले समेत देश विदेशबाट शुभकामना दिईरहेका छन् ।

लामा यस अघि महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख हुनुहुन्थ्यो । महानगरको ट्राफिक व्यबस्था चुस्त बनाउन भन्दै बहाले केही लोकप्रिय कार्यक्रमहरु समेत सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार