दोषी प्रमाणित भए सार्वजानिक र राजनीतिक जिवनबाट अलग हुन्छु -असिम ।

दुधकौंशिका गाउपालिका सोलुखुम्बुका अध्यक्ष असिम राईले आफु विरुद्धको ठगी मुद्धामा दोषी ठहरिए सार्वजानिक र राजनीतिक जीवनबाट अलग हुने बताएका छन । ठगी मुद्धाका बारेमा सार्वजानिक भएका सुचनाहरुका बारेमा प्रष्ट्याउन सल्लेरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गाउपालिका अध्यक्ष राईले आफु निर्दोष रहेको र अदालतबाट दोषी ठहरिए पदत्याग गरी सार्वजानिक र राजनीतिक जीवनबाट अलगिने बताएका हुन ।

२०७० सालमा नै  विधिसंम्वत रुपमा युनिक ग्रुप बचत तथा सहकारीको जिम्मेबारी हस्तान्तरण गरिएको र संस्थाको नाममा करिव ७ महिनापछि आफु सहित पुराना कार्यमसमितीलाई समेत दोषी देखाउदै अदालतमा मुद्धा दर्ता गराएको र जानकारी नभएकै कारण म्याद समेत बुझ्न नपाएको उल्लेख गरे । आफ्नो म्यादमा समेत किर्ते हस्ताक्षर गरि अर्कोले म्याद बुझेको पाईएकाले अदालतबाट पुन बेरित म्यादलाई साउन १८ गते तामेली गरिएको र अब प्रक्रियागत रुपमा आफु अगाडि बढ्ने समेत अध्यक्ष राईले बताए ।

अध्यक्ष राईलाई अदालतबाट कसुरदार ठहर गरि विगो ३१ लाख ६७ हजार २ सय ९० बमोजिम जनही जरिवाना र जनही एक बर्ष कैद फैसला गरिएको थियो ।

स्थानिय तहको निर्वाचनमा दुधकौंशिका गाउपालिका अध्यक्षमा निर्वाचित भएलगतै ठगी मुद्धा सार्वजानिक भएको थियो । दुधकौंशिका गाउपालिका जिल्लाकै स्थानिय तहहरु मध्ये सवैभन्दा ठुलो र बढी जनसंख्या भएको गाउपालिका समेत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार