लुक्लामा आठ दिनदेखि उडान अवरुद्ध, पर्यटकलाई सास्ती

पर्यटकीय क्षेत्र सोलुखुम्बुको लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा ८ दिनदेखि पर्यटकलाई सास्ती भएको छ ।
वर्षायामसंगै खराब मौसमका कारण उडान हुननसक्दा पर्यटकलाई सास्ती भएको हो ।

खराब मौसमका कारण उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । उडान ठप्प हुँदा लुक्ला विमानस्थलबाट करिब एक सय पर्यटक गन्तब्यमा पुग्न सकेका छ्रनन्

यतिबेला पर्यटक आउने मौसम भए पनि आठदिनदेखि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले बताउनुभयो । ‘दैनिक चार÷पाँचवटा उडान हुने गरेकामा एकसातादेखि उडान ठप्प भएको छ ।’ शेर्पाले भन्नुभयो ।  लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकाप्टरबाट राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन् ।

लुक्लाबाट फाप्लु पुग्न सामान्तया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ । जिल्लाको अर्को विमानस्थल फाप्लुमा पनि करिब एक महिनायता उडान हुनसकेको छैन । फाप्लुबाट भने सडक यातायात सञ्चालनमा रहेकाले छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार