‘ए’ डिभिजन लिग मंसिरमा


‘ए’ डिभिजन लिग फुटबल४ वर्षपछि आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघको बुधबार बसेको कार्यसमिति बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको छ । पछिल्लोपटक २०७० सालमा मनाङ मर्स्याङ्दी क्लबले जितेयता ‘ए’ डिभिजन लिग आयोजना हुन सकेको थिएन । त्यसपछि २०७२ मा नयाँ संरचनाको राष्ट्रिय लिगको भने आयोजना भएको थियो ।
कार्यसमितिले थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा भने ठोस निर्णय हुन सकेको छैन । कार्यसमितिले थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा थप अध्ययन गर्नका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । कार्यसमितिका सदस्यद्वय गणेशबहादुर चन्द र दिनेश ब्यन्जन्कार सम्मिलित उक्त समितिले १० दिनमा अध्यक्ष समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ ।
उक्त प्रतिवेदन कार्यसमितिमा प्रस्तुत भएपछि विशेस साधारण सभामा निर्णयार्थ पेस गरिनेछ। एन्फाले विधान संसोधनका लागि असोज २३गते विशेष साधारण सभा गर्ने भएको छ । एन्फा चुनाव भने संसोधित विधान अनुसार पौष २३ गते हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार