भालुको विगविगी बढ्दो, नियन्त्रण गर्न किसानको माग ।

पाक्नै लागेको मकैबाली सखाप पारेपछि सोलुखुम्बुका किसानहरुले भालु नियन्त्रणका लागी आग्रह गरेका छन् । सामुदायिक बनहरु, जिल्ला बन कार्यालय र जनप्रतिनिधीहरुलाई किसानले भालु नियन्त्रणका लागी आग्रह गरेका हुन । मुख्य बालीका रुपमा रहेको मकै खेतीमा क्षति पुर्याएपछि उनीहरुले भालु नियन्त्रण तथा आवश्यक क्षतिपुर्ती पाउनुपर्ने माग गरेका छन ।

सदरमुकाम सल्लेरी लगायत अधिकाशं क्षेत्रमा रातभर भालुले मकै खाने गरेको छ । रातभर जाग्राम बसेर धपाउने प्रयास गर्दा समेत भालुले मान्छेलाई नै आक्रमण गर्ने डर बढ्दै गएको दुधकुण्ड नगरपालिका ६ की दावा जाङमु शेर्पाले बताउनुभयो । भालुको विगविगी बढ्न थालेपछि किसानहरु झनै त्रसित बनेका छन् । जिल्लामा करिव १० जना भन्दा बढी मानिसलाई भालुले आक्रमण गरि घाईते बनाएको तथ्यांक छ ।

यस्तै जिल्लाको कुल क्षेत्रफल मध्ये १ लाख ५ हजार ३ सय ३० हेक्टर क्षेत्रफल जंगलले ढाकेको छ । ४५ हजार ३ सय ५८ हेक्टर कृषियोग्य जमिन रहेपनि ४० हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । खेती गरिएको भन्दा दोव्वर जमिन जंगलले ढाकेका कारण बालीनालीमा बन्यजन्तुले क्षति पुर्याउने क्रम बढेको अधिकारीहरु बताउछन् ।

अर्कोतिर सामुदायिक बनहरुले संरक्षणलाई मात्र ध्यान दिएका कारण बन्यजन्तुहरुको संख्या बढेको र यसको असर प्रत्यक्ष देखिन थालेको किसानहरुले आरोप लगाएका छन् । सामुदायिक बनहरुले बार्षिक रुपमा बन कार्ययोजना तयार गरी काटँछाँट र संरक्षण दुवै कार्यलाई प्राथमिकता दिनुपर्ने किसानहरुको माग छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार