सहायता कक्ष र टोकन प्रणालीबाट सेवा प्रवाह शुरु, प्रजियका नविनतम कार्यले जिल्लाको सुशासनमा टेवा पुग्दै ।

 

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा आजबाट सहायता कक्ष र टोकन प्रणालीबाट सेवा प्रवाह शुरु भएको छ । गृह प्रशासन सुधार मार्ग २०७४ अन्तरगत जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले यस्तो सेवा शुरु गरेको हो । टोकन प्रणाली र सहायता कक्षको एकसाथ उद्घाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चुस्त र प्रभावकारी सेवा प्रवाहमा यसले ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

बहाले जिल्लाका अधिकाशं सरकारी कार्यालयहरुमा समेत यस्तो सेवा शुरु गरिने बताउनुभयो । नागरिकता, राहदानी लगायतका सेवा लिन आएका सेवाग्राहीहरुले अब आबश्यक कागजातहरुका बारेमा सहायता कक्षबाट जानकारी लिन सक्ने छन् भने प्रशासनिक सेवा टोकनमा उल्लेख भएको क्रम संख्याका आधारमा लिन पाउने छन् ।

प्रजियहरुका नविनतम कार्यक्रमहरु ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नै सफा सोलुखुम्बु अभियानको थालनी गर्नुभएको छ । शुक्रबार फाप्लुबाट बहाले यो अभियान शुरु गर्नुभएको हो । पर्यटकीय क्षेत्र सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बढ्दो फोहोर न्युनीकरणका लागी अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । अभियान अन्तरगत विभिन्न गाउपालिकाहरुका प्रमुख नगरीहरुमा समेत फोहोर संकलन र व्यबस्थापन गरिने बताईएको छ ।

कृष्ण प्रसाद शर्मा ।

प्रमुख जिल्ला अधिकारीका रुपमा सोलुखुम्बु जिल्लामा रहदा कृष्ण प्रसाद शर्माले टाईम कार्ड लागु गराउनुभयो । जिल्ला भित्रने र बाहिने सवारी साधनहरुमा यस्तो कार्ड लागु गरिएपछि दुर्घटनामा समेत कमी आएको ट्राफिक ईन्चार्ज भेष बहादुर थापाले जानकारी दिनुभयो । प्रभावकारी कार्यान्वन नभएपनि अहिले यो कार्ड कायमै रहेको छ ।

झंकनाथ ढकाल ।

ढकालको कार्यकालमा सदरमुकामको मुहार नै फेरिएको थियो भन्दा पनि फरक पर्दैन । बहाले ३० हप्ता भन्दा बढी समय सदरमुकामको फोहोर संकलन र व्यस्थापनका लागी सफाई अभियान सञ्चालन गर्नुभयो । कुचो लिएर आफै सडक र खोलाखोल्सीको फोहोर संकलन गर्न थालेसगै स्थानियबासिन्दा समेत बहासगै सफाईमा जुट्न थालेका थिए । सरुवा भई अन्यत्र जानुभएसगै बहाको अभियानमा पुर्णविराम लाग्न पुग्यो । त्यही कामले अहिले निरन्तरता पाएको छ ।

राम बहादुर कुरुङवाङ ।

नागरिकलाई घरमा नै पुगेर सेवा उपलव्ध गराउने प्रजियका रुपमा बहाको नाम जिल्लाबासीले लिने गरेका छन् । असाहय, अपाङगता भएका व्यक्ति र बृद्धबृद्धाहरुलाई घर घरमा पुगेर सेवा उपलव्ध गराएपछि बहा पनि जिल्लाबासीको मनमुटुमा बस्न सफल हुनुभएको थियो । सजिलो प्रजियका रुपमा जिल्लाबासीले बहालाई सम्झने गरेका छन् ।

प्रदिपराज कंडेल ।

जिल्लाको सम्पुर्ण गाविसकहरुको तंथ्याक र खोजेको बखत जानकारी लिन सकिने गरी बहाले प्रशासन कार्यालयमा दराज निर्माणका लागी महत्वपुर्ण काम गर्नुभएको थियो । दराज निर्माण गरिएता सेवा प्रवाहमा सरलता आएको कार्यालयका सहयोगीहरुले बताएका छन् । बजार अनुगमन गरी ठुलो मात्रामा म्याद नाघेका सामानहरु नष्ट गराउन सफल हुनुभएको थियो । जिल्ला प्रशासन कार्यालय परिसरलाई धुमपान निशेधित क्षेत्र घोषणा बहाकै कार्यकालमा गरिएको थियो ।

बहाहरु जस्तै जिल्लामा छोटो समय विताएका प्रजियहरुले नविनतम कार्यक्रमहरु सञ्चालन गरी सुशासन र चुस्त सेवा प्रवाहमा योगदान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार