लमजुङलाई अलैँची जोन कार्यक्षेत्र प्रस्ताव


लमजुङः स्थानीय किसानले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची किसानको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरिएको अलैँची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।
तामाङका अनुसार प्रस्तावित कार्यक्षेत्रमा दूधपोखरी, दोर्दी, मस्र्याङ्दी, क्व्होला सोथार गाउँपालिका र बेंसीशहर नगरपालिकाको केही क्षेत्र रहेका छन् ।
यसअघि जिल्लामा एउटा ब्लग र २० वटा पकेट क्षेत्र निर्धारण गरिएको थियो । ब्लगका लागि न्यूनतम ५०० रोपनी र पकेटक्षेत्रका लागि १०० रोपनी क्षेत्रफल प्रावधान अनुसार निर्धारण गरिएको छ ।
प्रस्तावित कार्यक्षेत्रलाई जिल्ला कृषि विकास कार्यालयमार्फत कृषि मन्त्रालय पठाइएको छ । मन्त्रालयको स्वीकृतिपछि उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन हुनेछ ।
अलैँची प्रवद्र्धन केन्द्रित परियोजना १० वर्षसम्म सञ्चालन हुनेछ । कार्यक्रम कार्यान्वयन भएसँगै थप १५० क्षेत्रफल जमिनमा कार्यक्षेत्र विस्तार गरिने अध्यक्ष तामाङले बताउनुभयो ।
लमजुङका किसानले अलैँचीखेतीबाट मनग्य आम्दानी लिइरहेका छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार