रोड्रिग्वेजलाई बायर्नले राष्ट्रिय टोलीबाट खेल्न रोक्यो


एजेन्सीः जर्मन क्लब बायर्न म्युनिखले कोलम्बियन स्टार हामेज रोड्रिग्वेजलाई भेनेजुएलाविरुद्धको विश्व कप छनोट चरणको खेल नखेल्न निर्देशन दिएको छ । हालै तिघ्राको चोटमुक्त भएका रोड्रिग्वेजको स्वास्थ जाँच पछि उनलाई भेनेजुएलासँगको खेल नखेल्न क्लबले निर्देशन दिएको हो ।
”कोलम्बियन एफएले रोड्रिग्वेजलाई भेनेजुएनासँग ३१ अगस्ट र ब्राजिलसँग ५ सेप्टेम्बेरको खेलमा सहभागी हुन बोलाएको छ । फिफाको नियम अनुसार हामी उनलाई राष्ट्रिय टोलीसँग जान अनुमती दिन्छौ । तर हालै क्लबका डा.भोल्केन ब्राउनले गरेको स्वास्थ जाँच अनुसार उनी भेनेजुएलासँगको खेल खेल्ने छैनन् । ब्राजिलसँगको खेलमा भने कोलम्बियाको मेडिकल टोली र ब्राउनबीच पुनः छलफल हुनेछ’ , बायर्न म्युनिखको आधिकारिक वेभसाइटमा उल्लेख छ ।
रियल म्याड्रिडको टोलीमा नियमित खेल्ने मौका नपाएपछि रोड्रिग्वेज नियमित फुटबल खेल्न पाउने अपेक्षासहित यसै सिजन बायर्न पुगेका हुन् । दुई बर्षे लोन सम्झौतामा उनलाई भित्राएको बायर्नले सम्झौताको अन्त्यसँगै स्थायी रुपमा उनलाई अनुबन्ध गर्न पाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार