बाढी पिडितलाई गुरुङ पर्यटन व्यवसायी (जिटिन) ले राहत वितरण गर्ने


गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन)ले बाढी पिडितका लागी राहत वितरण गर्ने भएको छ । जिटिनको केन्द्र तथा पश्चिमाञ्चलको संयुक्त आयोजनामा विराटनगर परोपरकार घाटका बाढी पिडितलाई राहत वितरण गर्न लागिएको जिटिन केन्द्रले जनाएको छ ।
जिटिनका सदस्यहरुले बाढी पिडितको नाममा राहतका लागी सहयोग रकम संकलनमा हातेमालो गरेको जिटिनले जनाएको छ । विपतमा परेका हर नेपालीलाई नेपालीले साथ दिनुपर्ने भन्दै जिटिनले बाढी पिडितका लागि स्वतस्फुर्त रुपमा राहत जुटाएका हुन् ।
जिटिनले यहि भदौ १८ गते विराटनगरस्थित सेन्ट मेरिज स्कुलसंगको संयोजकत्वमा राहत वितरण गर्ने कार्यक्रम तय गरेको छ । हालसम्म दुई लाख रुपैंया राहत संकलन भईसकेको र अझै बढ्न सक्ने जिटिन केन्द्रले जनाएको छ । राहत वितरणका लागी जिटिनका अध्यक्ष कमला गुरुङ लगायतका टोली आइतबार विराटनगर जाने कार्यक्रम छ ।

यसअघि पोखराका पर्यटन व्यवसायीले राहत वितरण गरेका  थिए भने पर्यटनसंग आवद्ध विभिन्न संस्थाहरु बाढी पिडितका लागी आर्थिक सहयोग जुटाउन लागीरहेका छन् । केहि साताअघि पूर्वि तराई लगायत  विभिन्न जिल्लामा बाढीको डुवानमा परी जनधनमा ठूलो क्षती पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार