नाराको निर्वाचन मंगलबार, दुइ प्यालनको उम्मेदवारी


नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्टस् (नारा)को २९ औं वार्षिक साधारणसभा तथा नयाँ नेतृत्वका लागि भदौ २० गते (भोली) निर्वाचन हुँदैंछ ।
निर्वाचनमा निमबहादुर मगर तथा नारा केन्द्रका पूर्व महासचिव गंगाप्रसाद नेपालको प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका उम्मेदवार मगर नारा पोखरा च्याप्टरको अध्यक्षबाट राजिनामा दिएर आउनुभएको हो । महासचिव पदमा दुवै प्प्यानलबाट हालका सचिव शिव अधिकारी सर्वसम्मत गर्ने सहमति भएको छ । यसैगरी रेन्वो एड्भान्चर नेपालकका निर्देशक शिशिर खनाल कोषाध्यक्षमा निर्विरोध हुनुभएको छ ।
सामुहिक नेतृत्वका लागि सहमतीको प्रयास भए पनि सहमती हुन नसकेपछि निर्वाचनमा दुई प्यानल होमिएको हो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार