चीनमा किसानको सहकारीद्वारा आधुनिक कृषिको प्रवद्र्धन


एजेन्सीः चीनका १९ लाख ३० हजार विषेश किसानहरुको सहकारीले ग्रामीण क्षेत्रका एक अर्ब परिवारलाई सहयोग गरेको छ । उनीहरुले ग्रामीण क्षेत्रका परिवारलाई आधुिनक कृषि प्रणाली अपनाउन प्रेरित गरेको उद्योग तथा व्यापार सम्वन्धी प्रान्तीय प्रशासनले जनाएको छ ।
नयाँ किसानहरुको अत्याधिक सहभागीताका कारण विषेश सहकारीले चीनमा लोकप्रियता कमाएको सरकारी अधिकारीको भनाइ छ ।
कृषि उपमन्त्री ए झेङ क्विनले यस अभियानमा ग्रामीण क्षेत्रका ४६.८ प्रतिशत घरपरिवारको सहभागीता रहेको जानकारी दिनुभयो ।
किसानहरुको विषेश सहकारीको एक कार्यक्रममा उपमन्त्रीले यस अभियानले दश बर्षलाई प्रभाव पारेको बताउनु भयो । उहाँले आधुनिक कृिष प्रणाली र नयाँ तरिकाले कृषिको व्यवस्थापनमा अहिले धेरै सहयोग भइ सुधार आएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार