घटना लुकाउन राजनीतिक दवाव, प्रहरी प्रमुख पराजुली भन्नुहुन्छ :- ‍कसैको दवावमा पर्दिन ।

सोलुखुम्बुका प्रहरी प्रमुख रेशम बहादुर पराजुलीले जघन्य अपराधका घटनाहरु लुकाउन राजनीतिक दलहरुबाट नै दवाव आएको बताउनुभएको छ । सल्लेरीमा आयोजित अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख पराजुलीले जिल्लामा हालै घटेका बलात्कार, आत्माहत्या जस्ता घटनाहरु लुकाउन राजनीतिक दलहरुबाट दवाव आएको खुलासा गर्नुभएको हो ।

तर पीडितलाई न्याय दिलाउन कसैको दवावमा नपर्ने समेत बहाले बताउनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा कानुनले उल्लेख गरे भन्दा बढी काम गर्ने बताउदै बहाले प्रहरी शासक नभई जनताको सेवक भएको र शुशासन र भ्रष्टचार नियन्त्रणको लागी हदैसम्मको प्रयास गर्ने बताउनुभयो । जसका लागी सवैको सहयोग र समन्वयको खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगर क्षेत्रको शान्ति सुव्यबस्था र प्रकोपलाई समेत मध्यनजर गरी नगर प्रहरी गठन प्रक्रिया अगाडि बढाउने जानकारी गराउनुभएको थियो । प्रहरी प्रशासनबाट सक्दो सहयोगको अपेक्षा गर्दे बहाले नगर क्षेत्रको शान्ति सुरक्षाका लागी प्रहरीसग मिलेर काम गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै राजनीतिक दल तथा महिला सघंसस्थाका प्रमुख तथा प्रतिनिधीहरुले जुनसुकै उजुरी तथा घटनाहरु सुक्ष्म तरिकाले अध्ययन गरिनुपर्ने र दोषीलाई कानुनी दायरा ल्याई पीडितलाई न्याय दिलाउने कुरामा प्रहरी प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दुधकुण्ड नगरपालिकाभित्रका सम्पुर्ण वडाका बडाध्यक्ष, व्यबसायी तथा पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार