तिलौराकोट र बौद्ध पुरातात्विक क्षेत्रको विकासका लागि सभामुखको आग्रह


सभामुख ओनसरी घर्तीले गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै उनले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार र अन्य बौद्धकालीन पुरातात्विक क्षेत्रको विकासका लागि विशेष चासो लिन सरकारसँग आग्रह गर्नुभएको छ ।
सिद्धार्थ गौतमका पिता राजा शुद्धोदनको दरबार क्षेत्र प्राचीन तिलौराकोटको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दैं सभामुख घर्तीले सो क्षेत्रको विकासका लागि योजनाबद्ध ढंगबाट अघि बढ्न आग्रह गर्नुभयो ।
अर्काे प्रसङ्गमा उहाँले स्थानीय तह निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि लैजानुपर्ने बताउनुभयो । “नेपाली जनताले ढिलै भए पनि दोस्रो संविधानसभापछि संविधान जारी गरेर संसारलाई नै उदाहरणीय काम गरी देखाएको छ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार