नेपाल फाइनलमा प्रवेश


नेपाल एसिसी यु–१९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आयोजक मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । टस जितेर मलेसियालाई ब्याटिङको निम्तो दिएको नेपालले १ सय २२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेटको क्षति पुरा गर्न सफल भयो ।
ओपनरद्वय आसिफ शेखले ५० र सन्दीप सुनार ५१ रनको अर्धशतक पुरा गरेपछि नेपालले सहज जित हासिल गरेको थियो ।  ६५ बल खेलेका आसिफले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सन्दीपले ७७ बलमा ८ चौका प्रहार गरे ।
नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले कसिलो बलिङ गरेपछि मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रनको योगफल बनाएको थियो ।
नेपालका लागि सबैभन्दा सफल बलर दीपेन्द्र रहे । उनले ८ ओभरमा २९ रन खर्चदै ५ विकेट लिएका थिए । पवन सर्राफले २ तथा रोहित कुमार पौडेल, सहाब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिएका थिए ।
मलेसियाका लागि ओपनर ब्याट्सम्यान नलिन डी सिल्भाले सवर्वाधिक ३९ रन जोडे । बिरानदिप जगजित सिंहले २५, मोहम्मद शारियल अइजतले १६, अमर हजालनले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार