‘सल्यान पर्यटन’ विमोचित

सल्यानः विभिन्न पर्यटकीय स्थलको चिनारी समेटिएको ‘सल्यान पर्यटन’ पुस्तक शनिबार विमोचन गरिएको छ ।
व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले कृति विमोचन गर्दै पर्यटनका लागि पर्यटकीय स्थलका बारेमा स्थानीयवासीलाई जानकारी हुनुपर्ने बताउनुभयो । पुस्तकमा धार्मिकस्थल, ताल, तथा रमणीय स्थलका बारेमा सचित्र जानकारी दिइएको छ ।
पुस्तकलाई विद्यालयमा पाठ्यपुस्तकका रुपमा प्रयोग गर्न जिल्ला शिक्षा कार्यालयलाई हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले पुस्तकलाई जिल्लाका सबै विद्यालयमा पाठ्यसामग्रीका रुपमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार