प्रहरी टोल टोलमा अभियानको शुरुवात ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा प्रहरी टोल टोलमा अभियानको औपचारिक शुरुवात गरिएको छ ।

८४ बुदे गृह प्रशासन सुधार मार्गचित्र अन्तर्गत यो अभियानको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो । टोलको शान्ति सुरक्षा कायम गर्न प्रहरी भन्दा बढी नागरिकको भुमिका र दायित्व रहेको उल्लेख गर्दै बहाले अपराध र आपराधिक क्रियाकलापहरु न्यनीकरणका लागी यो अभियान सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

अभियानका बारेमा जानकारी गराउदै प्रहरी प्रमुख रेशम बहादुर पराजुलीले समुदाय र प्रहरीबीचको समदुरी कायम गर्न र अहिले भईरहेका सामाजिक, आर्थिक तथा राजनीतिक घटनाक्रम न्युनिकरणका लागी अभियानले सहयोग गर्ने बताउनुभयो । नागरिक स्तरबाट पर्याप्त सहयोग आबश्यक पर्ने भन्दै बहाले अभियानको औचित्यमाथि समेत प्रष्टाउनुभएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका अध्यक्ष विर कुमार राईले अभियान सफल बनाउन जिम्मेबार निकाय र नागरिकको सोच र व्यबहारले समेत प्रभाव पार्न सक्ने उल्लेख गर्नुभयो । अभियानपछि प्रहरी देख्नासाथ डराउने र धकाउने परम्पराको अन्त्य हुने बहाको ठम्याई छ ।

कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना नाछिरिङले छिटो छरितो र प्रभावकारी रुपमा न्यायिक उपचार लिन टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

अभियान अन्गतरगत टोल सुधार समिती गठन तथा सक्रिय बनाउन प्रभावकारी भुमिका निर्वाह गर्ने, समितीलाई सम्बन्धित क्षेत्रमा सिसिटिभी र साईन जडान गर्न प्रोत्साहन गर्ने, एक प्रहरी समाजको एक परिवासग बर्षमा कम्तीमा २ पटकसम्म पुर्याउने लक्ष्य राखेको छ । यस्तै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय समिती समेत गठन गरिएको छ ।

आज देशभर एकसाथ यो अभियानको शुरु गरिएको हो । अभियानले शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी प्रशासनको अबधारणा लिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार