जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा प्रवाहको स्थिती सार्वजानिक ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पत्रकार सम्मेलनको आयोजना गरी प्रभावकारिता अभिबृद्धि विशेष कार्ययोजना २०७४ तथा सेवा प्रवाहको स्थिती सार्वजानिक गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आफ्नो एक महिने कार्यकालमा सम्पादन गरेका कामहरु र त्यसबाट प्राप्त उपलव्धी तथा निर्णयहरु सार्वजानिक गर्नुभएको हो ।

गृह प्रशासन सुधार मार्गचित्र २०७४ अन्तरगत रहेर कार्यालयले सेवा प्रवाहमा नया व्यबस्थापन शैली अपनाएको बारे पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । क्लिन सोलुखुम्बु अभियान, सहायता कक्ष सञ्चालन, टोकन प्रणाली, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने, कार्यालयबाट नै हुलाक टिकट सेवा उपलव्ध गराउने जस्ता कार्यक्रमहरु नया व्यबस्थापन शैली अन्तरगत रहेका छन् ।

यस्तै कार्यालयले एक महिनाको अबधिमा ३ सय २९ जनालाई नागरिकता सिफारिस तथा नया नागरिकता सम्बन्धी सेवा उपलव्ध गराएको छ भने ४ सय ११ जनालाई राहदानी फारम तथा राहदानी सेवा प्रदान गरेको छ । दैवीप्रकोप अन्तरगत चट्याङ लागेर मृत्यु भएका २ जनाका परिवारलाई २ लाखका दरले र चट्याङबाट नै घाईते भएका ४ जनालाई प्रतिव्यक्ति २५ हजारका दरले राहत वितरण गरेको छ । यस्तै बाढीपहिरोबाट घर पुर्ण क्षति भएका १८ घरधुरीलाई समेत प्रतिघर १० हजारका दरले वितरण गरिएको प्रजिय थापाले जानकारी दिनुभयो ।

जिल्लाको सुरक्षा अबस्था, सुशासन, सुदृढ प्रशासनिक सेवा र भ्रष्टचार नियन्त्रणका लागी महत्वपुर्ण कामहरुको थालनी गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रजिय कार्यकक्ष सल्लेरीमा भएको सम्मेलनमा आगामी कार्ययोजनाहरु समेत प्रस्तुत गरिएका थिए । एकिकृत घुम्ती शिविर सञ्चालन गर्ने, सवै कार्यालयहरुमा हेल्पडेक्स, टोकन प्रणाली अबलम्बन गराउने, मासिक रुपमा बजार अनुगमन गर्ने, चौंमासिक रुपमा एकिकृत सार्वजानिक सुनुवाई आयोजना गरी नागरिक गुनासाहरु सुन्ने, भ्रष्टचार हुने कार्यालयहरुको गोप्य निगरानी गरिने तथा सवै कार्यालयहरु प्रविधियुक्त बनाईने कार्ययोजनामा उल्लेख छ ।

पत्रकार सम्मेलन पछि कार्ययोजना र कार्यशैली अत्यन्तै सकरात्मक रहेको भन्दै पत्रकारहरुले आफुहरुले समेत सक्दो सहयोग गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार