नेपाली बिद्यार्थीद्वारा कोरियामा चित्रकला प्रदर्शनी


काठमाडौंः चित्रकलामा सम्भावना बोकेका नेपाली बिद्यार्थीले दक्षिणा कोरियाको भ्रमण तथा आफ्नो कलाको प्रदर्शनीको अवसर पाएका छन् । नेपालमा कार्यरत कोरियाली सहायता सम्बन्धी संस्था अम होङ गिल ह्युमन फाउन्डेशनको सहयोगमा पोखरा बिरेठाटी माद्यामिक बिद्यालयका आठ र ताप्लेजुङको मयम माध्यामिक बिद्यालयका एक गरी नौ जना बिद्यार्थीले हालै दक्षिण कोरियाको १० दिने भ्रणम गरेका हुन् ।
दक्षिण कोरियाको ती बिद्यार्थीहरूले त्यहाँको विभिन्न ऐतिहासिक स्थलको भ्रमणका साथै विभिन्न सास्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पाएको टोली नेता तथा अम होङ गिल ह्युमन फाउन्डेशनकी कार्यक्रम संयोजक निलम थापाले जानकारी दिनुभयो ।
‘हामीले यो भ्रमणलाई शैक्षिक भ्रमण जस्तो पनि बनाएका थियौं । बिद्याथीहरूले कोरियाको भ्रमणबाट केही सिकून भन्ने उदेश्यले कार्यक्रम तय गरीएको थियो’, कार्यक्रम संयोजक थापाले भन्नुभयो, ‘बिद्यार्यीहरूले यो भ्रमणबाट केही सिक्ने अवसर पाएको महसुस गरेका छौं ।’
थापाका अनुसार फाउन्डेशनले गत दुई बर्ष देखि यी दुई बिद्यालयमा सञ्चालन गरेको चित्रकला प्रशिक्षणमा सहभागी बिद्यार्थीहरू मध्ये उत्कृष्ट नौं जना खेलाडीलाई कोरिया भ्रमणमा सहभागी गराईएको हो । दक्षिण कोरिया भ्रमणका लागि छनोट भएका अन्य चार बिद्यार्थी भने पारीवारीक कारणले जान सकेनन् । यद्यपि ती चारसहितका बिद्यार्थीहरूको चित्रकला दक्षिण कोरियामा आयोजित प्रदर्शनीमा राखिएको थियो । त्यसका साथै बिद्यार्थीहरूले कोरियाली बिद्यार्थीहरूसँग सास्कृतिक आदान प्रदानका कार्यक्रममा सहभागी हुनुका साथै त्यहाको पुरानो दरबार, टेलिभिजन स्टेशन लगायत महत्वपुर्ण स्थलको भ्रमण गरेका थिए । बिद्यार्थिहरूले दक्षिण कोरिया भ्रमणबाट शैशिक्षक तथा ब्यवहारीक ज्ञान सिक्ने अवसर पाएको प्रतिकृया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार