दशैंका अवसरमा सोलुखुम्बुका ३ जना कैदीलाई माफी ।

सरकारले वडादशैंको अवसर पारेर सोलुखुम्बुका ३ जना कैदीको बाँकी कैद मिनाहा गरेको छ । कैद मिनाहा भएका कैदीलाई आफन्तको जिम्मा लगाएर घर पठाइएको जिल्ला कारागार सोलुखुम्बुका जेलर महेश निरौंलालेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसरी कैद माफी पाउनेमा कर्तव्यज्यान मुद्दाका दोषी साविकको जुभिङ ६ का किर्तीराम राई, चोरी मुद्दाका दोषी काँकुका निमा ग्याल्जेन राई र साविकको वेनी ३ का कर्तव्य ज्यान मुद्दाका दोषी फूर्वाछिरी शेर्पा रहेका छन् ।

असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी आममाफी दिइएको हो । उनीहरु सबै ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदी हुन् ।

जिल्ला कारागार सोलुखुम्बले ४ जनालाई आम माफीका लागि सिफारिस गरेकामा ३ जनाले माफी पाएका हुन् । गणतन्त्र दिवसको अवसरमा ८ जनाको कैद मिनाहा भएको थियो ।

यस्तै एक साता अघि मात्र १४ जना कैदीबन्दीलाई केन्द्रिय कारागारमा स्थानतरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार