बार्सिलोना बिजयी


एजेन्सी÷च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ मा बार्सिलोनाले घरेलु टोली स्पोर्टिङ सिपिलाई १–० ले पराजित गरेको छ । खेलको एकमात्र गोल सिबस्टियन कोट्सको आत्मघाती गोल रह्यो ।
प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको बार्सिलोना समूहको शिर्षस्थानमा छ भने स्पोर्टिङ दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा बार्सिलोनासँग पराजित युभेन्टसले समूहको अर्को खेलमा ओलम्पियाकसलाई २–० ले पराजित गरेपछि तेस्रो स्थानमा उक्लेको छ ।
खेलको ४९ औं मिनेटमा लियोनल मेस्सीको फ्रीकिकमा लुइस स्वारेजको हेडर लिभरपुलका पूर्व रक्षक कोट्सलाई लागेर गोलमा परिणत भएको थियो । खेल अवधि भरि बिपक्षी खेलाडीबाट मार्क भएका मेस्सी १ सयौं युरोपेली गोल गर्नबाट चुके ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार