विश्वकपः जर्मनीको फराकिलो जीत


एजेन्सीः रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रुपमा समाप्त ग¥यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनी विश्वकप छनोटमा अपराजित रहन सफल र¥ह्यो । समूहको १० खेलमा जर्मनीले शतप्रतिशत जित निकाल्यो । छनोट खेलमा जर्मनी अहिलेसम्म अपराजित रहने टोली हो ।
समूह ‘सी’ कै अर्काे खेलमा नर्वेसँग परािजत भएपनि नर्दन आयरल्याण्ड प्ले अफलाई छनोट हुन सफल भएको छ । नर्वेमा खेलिएको खेलमा नर्दन आयरल्याण्ड क्रिष ब्रन्टको आत्मघाती गोलमा १–० गोल अन्तरले पराजित भएको छ । ७१ औं मिनेटमा जोनसेनको क्रसलाई क्लियर गर्न खोज्दा ब्रन्टले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।
हारपछि पनि समूहको दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको १० खेलबाट १९ अंक रहेको छ । यो समूहकै अर्काे खेलमा चेक रिपब्लिकले सान मारिनोमाथि ५–० को फराकिलो जित निकाल्यो । सानमारिनो माथि फराकिलो जित निकाले पनि चेक विश्वकपमा छनोट हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार